नि.कार्यकारी निर्देशक

मेरो भन्नु:
मलुकको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको लघु,घरेलु तथा साना उद्योगहरुको विकास र विस्तार आजको अपरिहार्य आवश्यकता हो । उपलब्ध स्थानिय स्रोत साधनको परिचालन तथा रोजगार सृजनाको क्षेत्रमा यी उद्योगहरुले महत्वपुर्ण भुमिका खेल्दै आएका छन् । स्वदेशी कला, परम्पराको संरक्षण र प्रवद्र्धन लगायत निर्यातमा बृद्धि तथा आयात प्रतिस्थापनमा लघु, घरेलु तथा साना उद्योगहरुको महत्वपुर्ण योगदान रहेको छ ।

 

लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा समितिले आप्mना कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाउदै आएको छ । देशका दुर्गम एंव पहाडी जिल्लाहरुमा लघु, घरेलु तथा साना उद्योगहरुको विकास हुने र नेपाली उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्नमा हाम्रो समितिले महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

यस समितिद्धारा संचालित विभिन्न शिपविकास तालिमहरुले बेराजगारीहरुलाई गाउँमानै रोजगारको अवसर सृजना गरेकोे, सीप नभएकाहरुलाई सीप सिकाएकोे, विदेश जाने युवालाई स्वदेशमा काम गरौँ गरौँ भन्ने उत्प्रेरणा जगाई व्यवसायमा संलग्न गराएका उदाहरणहरु प्रसस्त छन् । विशेष गरेर ग्रामिण क्षेत्रमा गरिबीको रेखामूनि रहेका व्यक्तिहरु सीप पाएपछि खुशी मात्र छैनन् आर्थिक अवस्थामा राम्रो भई उनीहरुको मुहारलाई परिवर्तन नै गरिदिएको छ ।

२०७२ साल बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट क्षति भएका घर, उद्योग, विद्यालय, मठ–मन्दिरहरुको  पुनःनिर्माण गर्न घरेलु तथा साना उद्योग विकास समितिवाट आर्थिक वर्ष २०७२।०७३ सम्ममा १ हजार ९ सय ३३ दक्ष जनशक्ति उत्पादन गरेको छ यिनिहरुले बजारको माग अनुसार पुनः निर्माण कार्यमा सहयोग पुयाएका छन् । कार्यक्रम संचालन भएका कार्यक्रम संचालन भएका अधिकांश जिल्लामा निर्माण कार्यको सुरुवात भएको छ ।  त्यस्ता तालिम लिएका प्रशिक्षार्थीले घर निर्माणको जिम्मेवारी लिएर काम गरिसकेका छन् । जसले गर्दा हाम्रा कार्यक्रमहरु विपत्तका समयमा पनि आवश्यकता पहिचाहन गर्दै अगाडी बढेका छन् । म आज जनसमुदायलाई समितिले प्रदान गर्दै आएको विभिन्न किसिमका सेवा प्राप्त गरी आत्मनिर्भरता र आर्थिक उन्नतीको वाटोमा अग्रसर हुन आह्रवान गर्दछु ।

 

अन्तमा, नेपाल सरकारद्वारा जारी गरिएको वर्तमान औद्योगिक नीतिले लघु, घरेलु तथा साना उद्योगको विकासको स्पष्ट मार्गचित्र तय गरेको छ । सोही मार्गचित्र अनुरुप औद्योगिक व्यवसाय ऐन र नियम तर्जुमा हुन गई समयमै यस समितिकोे संस्थागत संरचना सुदृढिकरण गरि समय सापेक्ष बनाई निश्चय नै समितिको कार्य क्षेत्र ७५ जिल्लामा विस्तार भएमा लघु, घरेलु तथा साना उद्योगको विकास विस्तारमा अझ बढी सफलता प्राप्त हुने छ भन्ने विश्वास लिएको छु ।

 

धन्यवाद
सुरेन्द्र कुमार थापामगर
नि.कार्यकारी निर्देशक

porno gif porno resimleri Seks Resimleri- Am Resimleri- Meme Resimleri- Turbanli Resimleri Adult Resimleri pornofilme